दफा ३७
दूरसञ्चार लाइन, जाँच्न, मर्मत गर्न वा एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्ने अधिकार
अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गाडेको वा जडान गरेको दूरसञ्चार लाइन वा उपकरण आवश्यकता अनुसार एक ठाउँबाट अर्को ठाउँमा सार्न, जाँच्न वा मर्मत सुधार गर्न सक्नेछ र त्यसको लागि त्यस्तो दूरसञ्चार लाइन वा उपकरण भएको जग्गामा प्रवेश गर्ने अधिकार हुनेछ ।
तर त्यसरी दूरसञ्चार लाइन मर्मत, सुधार गर्दा कसैलाई कुनै हानी नोक्सानी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।
तर त्यसरी दूरसञ्चार लाइन मर्मत, सुधार गर्दा कसैलाई कुनै हानी नोक्सानी भएमा अनुमतिपत्र प्राप्त व्यक्तिले सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति तिर्नु पर्नेछ ।